असार २१, २०८२ शनिबार July 5, 2025

गणतन्त्र दिवसको अवसरमा खुला दौड प्रतियोगिता

ला पुरुष दौडमा इन्द्रध्वज गणका सागर विक प्रथम, अमृत बयलकोटी द्वितीय र रामबहादुर सुनारी तृतीय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः अठारौँ गणतन्त्र दिवसका अवसरमा जिल्ला सदरमुकाम चौतारामा आज खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पाँच किलोमिटर खुल्ला पुरुष, पाँच किलोमिटरमा ४० वर्षमाथिका पुरुष र तीन किलोमिटर महिला खुला दौड प्रतियोगिता भएको हो ।

पाँच किमीअन्तर्गत खुला पुरुष दौडमा इन्द्रध्वज गणका सागर विक प्रथम, अमृत बयलकोटी द्वितीय र रामबहादुर सुनारी तृतीय हुनुभएको छ । विक निर्धारित दूरी १८ मिनेट १६ सेकेन्डमा पार गर्दै प्रथम हुनुभयो । बयलकोटीले १८ मिनेट ४४ सेकेन्डमा र सुनारीले १९ मिनेट सात सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय हुनुभएको हो ।

पाँच किमीअन्तर्गत ४० वर्षमाथिका पुरुषतर्फ चौतारा साँगाचोकगढी नगरपालिका–१३ का दुर्गाप्रसाद ढुङ्गेलले २३ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम हुनुभयो । सशस्त्र प्रहरीका राजु कोइरालाले २५ मिनेट ५२ सेकेन्ड र जगतबहादुर भुजेलले २६ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय हुनुभयो ।

तीन किमी महिला दौड प्रतियोगितामा चौतारा साँगाचोकगढी–७ की निमा तामाङले १७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम हुनुभयो । चौतारा साँगाचोकगढी–७ कै स्मृति श्रेष्ठले १९ मिनेट ४४ सेकेन्डमा र समुना श्रेष्ठले २० मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय हुनुभयो ।

आज भएको प्रतियोगितामा महिला तथा पुरुष गरी एक सय जनाले सहभागिता जनाएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार