असार १९, २०८२ बिहिबार July 3, 2025

नियम कानुन थाहा नहुँदा साउदीमा धमाधम फस्दै नेपाली श्रमिक

झन्डै १२ हजार अवैध आप्रवासीलाई देश निकाला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । साउदीले एक साताको अवधिमा श्रम कानुन उल्लंघन गरेको भन्दै ११ हजार ७ सय ६३ जना अवैध आप्रवासीलाई देश निकाला गरेको छ । साउदी सुरक्षा बलले सोही अवधिमा १४ हजार ९ सय ८७ अवैध बसोबास गरेकालाई पनि पक्राउ गरेको छ ।

साउदीको सम्बन्धित सरकारी निकायहरूसँगको सहकार्यमा सुरक्षा बलले गरेको निरीक्षणका क्रममा उनीहरूलाई देश निकाला र पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पक्राउ पर्नेमा रेसिडेन्सी कानुन उल्लंघन गर्ने ९ हजार २ सय १२, सीमा सुरक्षा कानुन उल्लंघन गर्ने ३ हजार ५ सय २ र श्रम कानुन उल्लंघन गर्ने १ हजार ८ सय ७३ जना रहेका छन् । मन्त्रालयका अनुसार कुल ११ हजार ७ सय ६३ जना नियम उल्लंघन गर्नेहरूलाई देश निकाला गरिएको छ भने १७ हजार ५ सय ६७ जना नियम उल्लंघन गर्नेहरूलाई यात्रा कागजातहरू प्राप्त गर्न उनीहरूको कूटनीतिक नियोगहरूमा पठाइएको छ ।

त्यहाँको सीमा पार गर्ने प्रयास गर्दा १ हजार २ सय ६८ जना पक्राउ पक्राउ परेका छन् भने उल्लंघन गर्नेहरूलाई यातायात, आश्रय र रोजगारी प्रदान गर्ने २३ जनालाई पनि पक्राउ गरिएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय तथा सवारीसाधन र सम्पत्ति जफत गर्न सकिने मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका छन् । हाल उनीहरूलाई जेलमा राखिएको छ । जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरिएको छ ।

साउदी नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य देश हो । तर, यहाँको कानुन कडा छ । नियम कानुनका ’boutमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।

साउदीमा मदिरा सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षाैंवर्षसम्म जेल सजाय हुनसक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले साउदीस्थित नेपाली समुदायलाई आग्रह गरेको छ । अवैध रूपमा साउदीमा रहेका नेपाली तथा आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

ओमानमा तीनमहिने आममाफी

ओमान सरकारले भिसाविहीन भई अवैध रूपमा बसेका नेपालसहित आप्रवासी श्रमिकलाई तीनमहिने आममाफी दिएको छ । मस्कटस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्तीको फर्म भर्न अनुरोध गरेको छ । यही ५ मेदेखि प्रदान गरिएको छुट अवधिमा भाग लिन धेरै नेपालीले ओमान सरकारले उपलब्ध गराएको वेबपेजमा फर्म भर्ने प्रकिया सम्बन्धमा सोधिरहेको भन्दै दूतावासको फेसबुक पेजमार्फत नमुना फर्मसमेत सार्वजनिक गरिएको छ ।

ओमानको श्रम मन्त्रालयले जारी गरेको छुट अवधिमा स्वदेश फिर्ती योजनाअन्तर्गत ओमानमा भिसा सकिएर अवैधानिक रूपमा बसोबास गरिरहेका विदेशी नागरिकलाई जरिमाना मिनाहा गरी स्वदेश फर्किन पाउने अवसर प्रदान गरेको छ ।

योजनाअनुसार स्वदेश फर्किने नेपालीहरूका लागि तोकिएको जरिमाना शुल्क पूर्ण रूपमा माफ गरिएको छ ।

हाल सफ्टवेयर सिस्टममा चापका कारण एकैपटकमा फर्म समिट नहुने समस्या देखिएकाले पटकपटक फर्म समिट गर्न प्रयास गरिरहनसमेत दूतावासले अनुरोध गरेको छ । यो योजना ३१ जुलाई २०२५ मा समाप्त हुनेछ ।

पछिल्लो समय दलालको प्रलोभनमा परी आकर्षक रोजगारी पाउने आशमा भिजिट भिसामार्फत नेपाली महिला त्यहाँ पुगेर उद्धारका लागि हारगुहार गर्दै भिसाविहीन भएर बस्ने गरेका छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसको कुस्र्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु
२०८२ असार १९, बिहिबार
पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता
२०८२ असार १९, बिहिबार
हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा
२०८२ असार १९, बिहिबार
प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
२०८२ असार १९, बिहिबार
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त
२०८२ असार १९, बिहिबार
आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य
२०८२ असार १९, बिहिबार
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
२०८२ असार १९, बिहिबार