वीरगञ्ज (पर्सा), १५ जेठ । वीरगञ्जमा सञ्चालित मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि वीरगञ्ज बार्शसले जितेको छ ।
आर्दशनगर रङ्गशालामा बुधबार राति भएको फाइनल खेलमा वीरगञ्ज बासर्सले टाइटन– ११ लाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो ।
सुरुवाती ब्याटिङ गरेको टाइटन– ११ ले ४ विकेटको क्षतिमा १५ ओभरमा ७५ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्जले ७ ओभर ३ बलमा चार विकेट गुमाएर ७८ रनको योगफल तयार पार्दै उपाधि जितेको हो ।
विजेता टोलीलाई दुई लाख ५१ हजार र प्रमाणपत्र तथा उपविजेता टाइटन– ११ लाई नगद दुई लाख रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उपाधि विजेता तथा उपविजेतालाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुरस्कार प्रदान गरेका थिए ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया