असार २१, २०८२ शनिबार July 5, 2025

विद्यार्थी भिसा रद्द गर्ने अमेरिकी निर्णयलाई ‘अनुचित’ भन्दै चीनद्वारा आलोचना

चिनियाँ विद्यार्थीहरू अमेरिकी विश्वविद्यालयहरूका लागि राजस्वको सबैभन्दा ठूलो स्रोत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, १५ जेठ । बेइजिङले चिनियाँ विद्यार्थीहरूको भिसा ‘अनुचित रूपमा’ रद्द गर्ने अमेरिकी निर्णयको आलोचना गर्दै बिहीबार विदेशमन्त्री मार्को रुबियोको घोषणापछि वासिङ्टनमा विरोध जनाएको बताएको छ ।

“अमेरिकाले विचारधारा र राष्ट्रिय अधिकारको बहानामा चिनियाँ विद्यार्थीहरूको भिसा अनुचित रूपमा रद्द गरेको छ”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, “चीनले यसको कडा विरोध गर्दछ र अमेरिकासँग प्रतिनिधित्व दर्ता गरेको छ ।”

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एक दिनअघि चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने वाचा गरेको थियो । चिनियाँ विद्यार्थीहरू अमेरिकी विश्वविद्यालयहरूका लागि राजस्वको सबैभन्दा ठूलो स्रोत हो ।

“संयुक्त राज्य अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध भएका वा महत्त्वपूर्ण क्षेत्रहरूमा अध्ययन गर्नेहरूसहित चिनियाँ विद्यार्थीहरूका लागि भिसा आक्रामक रूपमा रद्द गर्नेछ”, रुबियोले भने, “हामी जनवादी गणतन्त्र चीन र हङकङबाट भविष्यका सबै भिसा आवेदनहरूको छानविन बढाउन भिसा मापदण्ड पनि संशोधन गर्नेछौँ ।”

युवा चिनियाँहरू लामो समयदेखि अमेरिकी विश्वविद्यालयहरूका लागि महत्त्वपूर्ण छन् । विश्वविद्यालयहरू पूर्ण ट्युसन तिर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा निर्भर छन् ।

चीनको विदेश मन्त्रालयले यस कदममा प्रतिक्रिया दिँदै माओले ‘चिनियाँ विद्यार्थीहरूको वैध अधिकार र चासोलाई गम्भीर क्षति पुर्‍याएको र दुई देशबीचको सामान्य सांस्कृतिक आदानप्रदानमा बाधा पुर्‍याएको’ बताए ।

“अमेरिकाको यो राजनीतिक र भेदभावपूर्ण अभ्यासले अमेरिकाले सधैँ प्रचार गर्दै आएको तथाकथित स्वतन्त्रता र खुलापनको झूटो पर्दाफास गरेको छ र अमेरिकाको आफ्नै अन्तर्राष्ट्रिय छवि, राष्ट्रिय छवि र राष्ट्रिय विश्वसनीयतालाई थप हानि पु¥याएको छ”, उनले भने । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार