असार २१, २०८२ शनिबार July 5, 2025

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि

पुरूष काभा क्लब च्याम्पियन्स लिग तीन महिनापछि मालदिभ्समा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, १५ जेठः पोखरामा सञ्चालन भएको नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’को उपाधि पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस् क्लबले तथा महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा यही जेठ ८ गतेदेखी सुरु भएको उक्त प्रतियोगिता आज भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ सेटले हराउँदै टिपटपले लगातार तेस्रो पटक उपाधि जितेको हो । च्याम्पियन बनेको टिपटपले रु आठ लाख पुरस्कार पायो । उपविजेता गण्डकीले रु चार लाख पुरस्कार प्राप्त गर्यो ।

उक्त खेलमा गण्डकी प्रदेशले सुरुआती दुई सेट २५–२० र २७–२५ अङ्कले जित्यो भने हेल्प नेपालले तीन सेट २५–२२, २५–१४ र १५–८ अङ्कले जित्यो ।

यसैगरी महिलातर्फ टिप टप न्यु डायमण्ड युथ स्पोर्टस एकेडेमीलाई ३–१ ले हराउँदै पुलिस क्लबले उपाधि जित्यो । उक्त खेलमा पुलिसले पहिलो सेट २५–२० अङ्कले जित्यो भने दोस्रो सेट डायमण्डले २५–२२ अङ्कले जित्यो । तेस्रो सेट निकै प्रतिस्पर्धामक बन्यो । उक्त सेट पुलिसले २८–२६ अङ्कले जित्यो । पुलिसले चौथो सेट २५–१४ अङ्कले जित्दै लगातार तेस्रो पटक उपाधि जित्न सफल भयो । पुलिसले रु आठ लाख तथा उपविजेता न्यू डायमण्डले रु चार लाख पुरस्कार पायो ।

यसैगरी तृतीय भएका पुरुषतर्फ पुलिस र महिलातर्फ एभरेष्ट भलिबल क्लबले समान रु दुई लाखका दरले पुरस्कार पाए । प्रतियोगितामा महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुशवहर रजा उत्कृष्ट हुँदै जनही रु ५० हजार पुरस्कार पाए ।

प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे । महिला तथा पुरूषतर्फका विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । पुरूष काभा क्लब च्याम्पियन्स लिग तीन महिनापछि मालदिभ्समा हुनेछ । महिला प्रतियोगिता भने नेपालमा आयोजना हुने नेपाल भलिबल सङ्घले जनाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार