असार २१, २०८२ शनिबार July 5, 2025

युद्ध अन्त्यको माग समेटिएन भन्दै हमास असन्तुष्ट, गाजामा शान्ति प्रस्ताव अन्योलमा

हमासले अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार गर्ने संकेत, इजरायलको प्रतिक्रियाको प्रतीक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा प्रस्तावित युद्धविराम तथा बन्धक रिहाइसम्बन्धी अमेरिकाको पछिल्लो योजना अस्वीकार गर्ने संकेत दिएको छ । बीबीसीका अनुसार हमासका एक वरिष्ठ अधिकारीले प्रस्तावमा उनीहरूको मुख्य मागहरू विशेषतः युद्धको पूर्ण अन्त्य नसमेटेकाले अस्वीकार गर्ने तयारी गरिएको बताएका छन्।

यसअघि अमेरिकी अधिकारीहरूले बताएका थिए कि इजरायलले अमेरिकाका मध्यस्थ स्टीव विटकफद्वारा अगाडि सारिएको योजना स्वीकार गरिसकेको छ र हमासको औपचारिक प्रतिक्रियाको प्रतीक्षामा रहेको छ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार प्रस्तावअनुसार ६० दिनको युद्धविराम अवधि रहनेछ र सो अवधिमा दुई चरणमा हमासले १० जना जीवित बन्धकहरू तथा १८ जना मृतक बन्धकहरूको शव इजरायललाई हस्तान्तरण गर्नेछ। बद्लामा इजरायली कारागारमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिनेछ।

यद्यपि हमासले यो प्रस्तावले संघर्ष अन्त्य गर्ने आधारभूत मागहरू सम्बोधन नगरेको बताउँदै यसबारे उचित समयमा औपचारिक प्रतिक्रिया दिने जनाएको छ। इजरायली सरकारले हालसम्म यस विषयमा कुनै आधिकारिक टिप्पणी दिएको छैन। तर, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विटकफको प्रस्ताव बन्धक परिवारहरूको हितमा रहेको बताएको जानकारी सार्वजनिक गरिएको छ।

कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा दुई महिनाको युद्धविराम भङ्ग भएपछि इजरायलले मार्च १८ मा गाजामाथि पुनः आक्रमण सुरु गरेको थियो। यसपछि इजरायली सेनाले व्यापक सैन्य कारबाही गर्दै गाजाको “सबै क्षेत्र नियन्त्रणमा लिने” योजना अनुसार आक्रमण तीव्र बनाएको छ।

इजरायली सेना ५८ जना बन्धक हमासको नियन्त्रणमा रहेको बताउँदै तिनलाई रिहा गराउन दबाब दिइरहेको छ। तीमध्ये कम्तीमा २० जना अझै जीवित रहेको विश्वास गरिन्छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १० हप्तामा करिब ४,००० मानिसको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार हालसालैका स्थल कारबाही र जबरजस्ती विस्थापनका कारण ६ लाखभन्दा बढी मानिसहरू पुनः विस्थापित भएका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार