असार २१, २०८२ शनिबार July 5, 2025

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि ७० खेलाडी छनोट

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिना हुने भनिए पनि मिति भने तय भएको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी, १७ जेठ : सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनोट गरिएका छन् ।

हालै पुर्चौडी नगरपालिकामा सम्पन्न १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेर ७० खेलाडी छनोट गरिएका हुन् । बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएका हुन् ।

छनोट हुने खेलाडीमा छात्र र छात्रा भलिबलमा नौ/नौ, कबड्डी छात्र र छात्रामा नौ/नौ, एथ्लेटिक्समा छात्र र छात्रा गरेर ११/११ जना र कराँतेमा छ/छ खेलाडी छनोट भएका छन् ।

पुर्चौडीमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दशवटै स्थानीय तहको सहभागिता रहेको थियो । छनोट भएका खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका जनाउने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी जानकारी दिनुभयो । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिना हुने भनिए पनि मिति भने तय भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार