असार २३, २०८२ सोमबार July 7, 2025

पहिचान र प्रतिनिधित्वको लडाइँमा सधैँ किरात समुदायसँगै छु : नेता कोइराला

संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, जेठ १७ गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्त्वको लडाइँमा आफू सधैँ किरात समुदायसँगै रहेको बताउनुभएको छ।

शनिबार तुवाचुङ् जायजुम संरक्षण समितिले किरातको चार्ड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको ‘तुवाचुङ् डे’को उद्घाटन् गर्नुहुँदै नेता कोइरालाले यस्तो बताउनुभएको हो।

‘म पहिचान, पहुँच र प्रतिनिधित्त्वको लडाइँमा सधैँ किरात समुदायसँगै छु’’, नेता कोइरालाले भन्नुभयो। उहाँले नेपाली कांग्रेसले सधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गरेकोसमेत प्रष्ट पार्नुभयो।

नेता कोइरालाले संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको सम्झनासमेत गर्नुभएको छ।

हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आफूले सक्दो पहल गर्ने आश्वासनसमेत उहाँले दिनुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया