असार २१, २०८२ शनिबार July 5, 2025

चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी

एशियामा रहेका अमेरिकी सहयोगी र साझेदारहरूलाई बढ्दो खतराको सामना गर्दै आफ्नो प्रतिरक्षालाई द्रुत रूपमा सुधार गर्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिङ्गापुर, १७ जेठ (रासस/एएफपी): अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको चेतावनी दिँदै अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा ‘रहिरहन’ तयार रहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यापार, प्रविधि र विश्वका रणनीतिक कुनाहरूमा प्रभावका विषयमा बेइजिङसँग छलफल गरिरहेका बेला अमेरिकी रक्षा मन्त्रीले सिङ्गापुरमा आयोजित वार्षिक सुरक्षा मञ्चमा उक्त टिप्पणी गन्ैभएको हो ।

जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पले चीनसँग दण्डनीय व्यापार युद्ध सुरु गर्नुभएको छ, प्रमुख एआई टेक्नोलोजीहरूमा चीनको पहुँचलाई रोक्न खोज्नुभएको छ र बेइजिङसँग क्षेत्रीय मुद्दामा विवादमा रहेका फिलिपिन्सजस्ता सहयोगीहरूसँग सुरक्षा सम्बन्धलाई गहिरो बनाउनुभएको छ ।

विश्वभरका रक्षा अधिकारीहरूको सहभागिता रहेको साङ्ग्रिला संवादमा हेगसेठले भन्नुभयो, “चीनले खडा गरेको खतरा वास्तविक हो र यो तत्त्काल हुन सक्छ।”

“इन्डो–प्यासिफिक क्षेत्रमा शक्ति सन्तुलन परिवर्तन गर्न सम्भावित सैन्य बल प्रयोग गर्ने तयारी बेइजिङले गरिरहेको छ,” उहाँले भन्नुभयो ।

हेगसेथले चिनियाँ सेनाले ताइवानमाथि आक्रमण गर्ने क्षमता निर्माण गरिरहेको र ‘वास्तविक सम्झौताका लागि पूर्वाभ्यास’ गरिरहेको चेतावनी दिनुभयो ।

बेइजिङले ताइवानमाथि सैन्य दबाब बढाएको छ र टापुको वरिपरि धेरै ठूला अभ्यासहरू गरेको छ, जसलाई प्रायः नाकाबन्दी वा आक्रमणको तयारीको रूपमा वर्णन गरिन्छ।

हेगसेठले संयुक्त राज्य अमेरिका ‘साम्यवादी चीनको आक्रामकतालाई रोक्नको लागि पुनः उन्मुख भइरहेको’ बताउँदै एशियामा रहेका अमेरिकी सहयोगी र साझेदारहरूलाई बढ्दो खतराको सामना गर्दै आफ्नो प्रतिरक्षालाई द्रुत रूपमा सुधार गर्न आह्वान गर्नुभयो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार