असार २३, २०८२ सोमबार July 7, 2025

‘बौद्धिक वर्गले पार्टीको नीति निर्माणमा भूमिका निर्वाह गर्नुपर्छ’ – नेता पोखरेल

एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र र बाहिर लोकतान्त्रिक अभ्यास गर्दै आएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले बौद्धिक वर्गले पार्टीको नीति, कार्यक्रम, योजना र आचरण निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ आयोजित कार्यक्रममा उहाँले एमालेलाई अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गरी सहजीकरण गरिदिन बुद्धिजीवी वर्गलाई आग्रह गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले देशमा समाजवाद स्थापनाको स्पष्ट लक्ष्य लिएको बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान सार्थन बनाउन बौद्धिक वर्गको सहयोग आवश्यक पर्ने धारणा राख्नुभयो ।

“समृद्ध नेपाल, सुखी नेपाली भनेको नेपाली ढाँचाको समाजवाद हो, यो ढाँचा निर्माणका लागि बौद्धिक समुदायबाट प्रभावकारी भूमिका खेलिनुपर्छ । नीति, योजना, कार्यक्रम तथा आचरण निर्माणमा कस्ता विषयलाई प्राथमिकता दिने भन्नेमा बौद्धिक वर्गले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र र बाहिर लोकतान्त्रिक अभ्यास गर्दै आएको बताउँदै एकता र आपसी सद्भावका लागि पार्टी नेतृत्वले सर्वसम्मतिबाट नेतृत्व चयन होस् भन्ने अपेक्षा राख्ने जानकारी दिनुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले एमालले मिसन-२०८४ को लक्ष्य पूरा गर्न बुद्धिजीवी वर्गको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले सबै खालका अस्थिरताको अन्त्यका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेकाले त्यसका लागि मिसन-२०८४ नाम दिएर अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले पार्टीका नीति, योजना र कार्यक्रमलाई बुद्धिजीवी वर्गले सुझाव दिइरहनुभएको बताउनुभयो । आइतबारसम्म सञ्चालन हुने अधिवेशनले ९९ कमिटी नयाँ नेतृत्व चयन गर्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया