काठमाण्डौंः नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ, जुन सोमबारको तुलनामा दुई हजार नौ सय रुपैयाँले बढी हो। सोमबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर दुई हजार ४५ रुपैयाँ कायम भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया