असार २४, २०८२ मंगलबार July 8, 2025

बुटवलमा दर्ता नभएका ६ क्लिनिक बन्द

रानाले दर्ता प्रमाणपत्र पेश नगरेसम्म ती क्लिनिकहरूलाई पुनः सञ्चालनको अनुमति नदिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नेतृत्वमा गरिएको अनुगमनबाट बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिक बन्द गरिएका छन्।

बिहीबार गरिएको अनुगमनमा बुटवल क्षेत्रका ११ वटा मेडिकल तथा क्लिनिकमध्ये ६ वटा क्लिनिक दर्ता विना सञ्चालनमा रहेको फेला परेपछि तत्कालै बन्द गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाका अनुसार, नागरिकबाट गुनासो आएपछि अनुगमन गरिएको थियो।

बन्द गरिएका क्लिनिकहरूमा बुटवल अस्पताल लाइनमा रहेका रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एन्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एन्ड फार्मेसीअन्तर्गतको कलेक्स प्रयोगशाला, वरदान क्लिनिक प्रालि, शिला मेडिकल हलको क्लिनिक र बुटवल डेन्टल प्रालि रहेका छन्।

रानाले दर्ता प्रमाणपत्र पेश नगरेसम्म ती क्लिनिकहरूलाई पुनः सञ्चालनको अनुमति नदिइने बताए। स्वास्थ्य सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिने भएकाले अनियमित क्लिनिकहरूविरुद्ध थप निगरानी गरिने पनि प्रशासनले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया