असार २१, २०८२ शनिबार July 5, 2025

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै

राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन्। यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने छ । सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : उपाधिका लागि नेपाल र सिंगापुर खेल्दै
२०८२ असार २१, शनिबार
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८२ असार २१, शनिबार
पूर्वप्रधानमन्त्री झलनाथ खनाल ६ दिने चीन भ्रमणमा
२०८२ असार २१, शनिबार
जनसङ्ख्या वितरणमा असन्तुलन, सहर मोहले रित्तिँदै गाउँ
२०८२ असार २१, शनिबार
कुवेतको जेलमा ५ महिलासहित ४८ नेपाली
२०८२ असार २१, शनिबार
“वाणगंगामा निःशुल्क ‘भजाइनल हिष्टेक्टोमी’ सफल, पिपरा अस्पतालले रच्यो इतिहास”
२०८२ असार २१, शनिबार
गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल
२०८२ असार २०, शुक्रबार