असार २५, २०८२ बुधबार July 9, 2025

देशभर ८ सय ३८ जना कोरोना संक्रमित थपिँदा २५० जना डिस्चार्ज भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १८ हजार २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ । त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या १२ हजार २ सय ३४ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया