काठमाडौँ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको शतप्रतिशत अर्थात् (१:१) अनुपातमा १०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि बिक्री खुला गरेको हो ।
लगानीकर्ताहरूले आगामी असार १२ गते सम्म हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
यस कम्पनीले माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविद्युत आयोजनामा गरिएको ऋण रकम भुक्तानी गर्न र अन्य अल्पकालीन ऋण भुक्तानी गर्नका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया