असार २८, २०८२ शनिबार July 12, 2025

एपिएफ अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

राजविराज सप्तरीका ७७ वर्षका वृद्धको आज विहान १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रहरी उपरीक्षक डा. प्रविण नेपालले जानकारी दिनुभयो ।

गम्भिर अवस्थामा उहाँलाई बिहीबार साँझ अस्पताल ल्याइएको थियो, उपचारका क्रममा उहाँको आज शुक्रबार विहान मृत्यु भयो, नेपालले बताउनुभयो ।

सुरुमा ग्राण्डी अस्पताल लगिएका वृद्धलाई त्यहाँबाट ग्रिन सिटि अस्पताल पठाइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि राजविराजबाट श्रावण ३० गते काठमाडौं ल्याइएको वृद्धलाई ३२ गते कोरोना पुष्टि भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया