असार २१, २०८२ शनिबार July 5, 2025

नेपालका चाडपर्वले एकताको सन्देश दिएका छन् : सभामुख घिमिरे

संविधान सम्पूर्ण नेपालीको साझा दस्तावेज भएको जसले सबै धर्म, जात, संस्कृतिर समुदायको सम्मानर संरक्षण सुनिश्चित गरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताएका छन् ।

बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भने, “हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–भेशभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना नै हाम्रो राष्ट्रियताको मेरुदण्ड हो, एक–अर्काप्रतिको सम्मानर सद्भावले हाम्रो राष्ट्रिय भावना, अखण्डता र सार्वभौमिकता अझ सशक्त भएको छ ।”

नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समावेशिता, समानता, धर्मनिरपेक्षता र कानुनी राज्यको आधारमा सबै नेपालीनागरिकको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधान सम्पूर्ण नेपालीको साझा दस्तावेज भएको जसले सबै धर्म, जात, संस्कृतिर समुदायको सम्मानर संरक्षण सुनिश्चित गरेको पनि बताए ।

मुस्लिम धर्म ग्रन्थकाअनुसार करिब चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा परमेश्वरले “आफ्नो सबैभन्दा प्रिय वस्तु चढाऊ” भन्ने आज्ञा दिएको देखेपछि उनले आफ्नै छोरालाई बलिदान गर्न तम्सेका थिए । तर, वास्तविक बलिदानको क्षणमा छोराको सट्टा एक भेंडा चढाइएको थियो । यही समर्पण, विश्वास र ईश्वरप्रतिको निष्ठाको स्मरणस्वरूप बकर इद मनाइन्छ । यस पर्वको मूल सन्देश “जीवन र मरण समेत ईश्वरका लागि समर्पित होस्” भन्ने हो ।

सभामुख घिमिरेले भनेका छन्, “बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : उपाधिका लागि नेपाल र सिंगापुर खेल्दै
२०८२ असार २१, शनिबार
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८२ असार २१, शनिबार
पूर्वप्रधानमन्त्री झलनाथ खनाल ६ दिने चीन भ्रमणमा
२०८२ असार २१, शनिबार
जनसङ्ख्या वितरणमा असन्तुलन, सहर मोहले रित्तिँदै गाउँ
२०८२ असार २१, शनिबार
कुवेतको जेलमा ५ महिलासहित ४८ नेपाली
२०८२ असार २१, शनिबार
“वाणगंगामा निःशुल्क ‘भजाइनल हिष्टेक्टोमी’ सफल, पिपरा अस्पतालले रच्यो इतिहास”
२०८२ असार २१, शनिबार
गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल
२०८२ असार २०, शुक्रबार