असार २३, २०८२ सोमबार July 7, 2025

नेपाली कांग्रेस इमान्दार भए देश सही बाटोमा जान्छ : महामन्त्री शर्मा

कांग्रेसले जनतामा आशा जगाउने काम गर्नुपर्दछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ २५ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी इमान्दार भएर अघि बढे देशलाई सही दिशामा लैजान सकिने विश्वास व्यक्त गर्नुभएको छ।

शनिबार राजधानीमा नेपाली कांग्रेस तारकेश्वर गाउँ इकाई समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै शर्माले “देश सम्भावनाले भरिएको छ, कांग्रेसले सही बाटो समातेमा विकासमा धेरै बाधा छैन,” भन्नुभयो।

उहाँले नेपालले पछिल्लो समय जलविद्युत् र खेलकुदजस्ता क्षेत्रमा देखाएको प्रगतिको चर्चा गर्दै भने, “कुनै समय भारतले बिजुली नदिए अन्धकारमा बस्नुपर्ने अवस्था थियो, आज हामी भारत र बंगलादेशलाई बिजुली बेच्न थालिसकेका छौं। के यो आशाको कुरा होइन?”

महामन्त्री शर्माले देशमा निराशा छाए पनि आशाको दियो बलिरहेको बताउँदै कांग्रेसले त्यो दियो जनजनसम्म पुर्‍याउनु पर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले नेताकार्यकर्तालाई सकारात्मक सोचको अभ्यास गर्न र जनतासँग संवाद गर्न आग्रह गर्दै भने, “पल्लो घरको दाजुले केही भएन भने पनि तपाईंले भन्न सक्नुपर्छ – यो देश सम्भावनाको देश हो, हामी यहाँ नै धेरै गर्न सक्छौं।”

शर्माले कांग्रेसले भ्रष्टाचार नियन्त्रणमा कानुनी संरचना निर्माण गरेको स्मरण गराउँदै भने, “हामीले बनाएको अख्तियार छ, त्यो सक्रिय हुन्छ। चिन्ता त्यो हो कि भ्रष्टाचार नियन्त्रण हुन्छ कि हुँदैन, त्यो गर्ने निकाय सक्रिय हुनुपर्छ। हाम्रै साथीहरू परे पनि कानुनले काम गर्छ।”

शिक्षा क्षेत्रको सुधारका लागि कांग्रेस अगाडि बढिरहेको बताउँदै उहाँले शिक्षा ऐन ल्याउन पार्टीको अग्रसरता रहेको बताउनुभयो।

महामन्त्री शर्माले अब कांग्रेसमा नयाँ पुस्ताले नेतृत्व लिनुपर्नेमा जोड दिँदै भने, “अबका नेताहरूले प्रश्न गरेर मात्र उम्कन मिल्दैन। जिम्मेवारी लिने समय आएको छ। कांग्रेस अब जिम्मेवार पुस्ताको काँधमा सर्नुपर्छ।”

कार्यक्रममा कांग्रेस सहमहामन्त्री डिना उपाध्यायले लोकतन्त्र र संविधानको रक्षामा कांग्रेस अग्रपंक्तिमा रहेको बताउनुभयो। केन्द्रीय सदस्य प्रकाश स्नेहीले समावेशी मुद्दा र सुकुम्बासी अधिकार कांग्रेसको प्रमुख एजेन्डा हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम कांग्रेस तारकेश्वर इकाई सभापति केशव अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा युवा नेता प्रमोदहरि गुरागाई, कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीश्वरनरसिंह केसी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

तारकेश्वर गाउँपालिकाबाट काठमाडौँ बसोबास गरिरहेका कांग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति कार्यक्रममा देखिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार