असार २३, २०८२ सोमबार July 7, 2025

आत्मनिन्दा, गुटबन्दी र संगठनात्मक शिथिलता मुख्य चुनौती : कांग्रेस प्रवक्ता डा. महत

कांग्रेसमा पनि कडा अनुशासन र उद्देश्यकेन्द्रित नेतृत्व विकासको खाँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही, जेठ २५ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी संगठन गम्भीर कमजोरीतर्फ उन्मुख भएको चेतावनी दिँदै आत्मनिन्दा, गुटबन्दी र संगठनात्मक शिथिलता मुख्य चुनौती भएको बताएका छन्।

शनिबार नेपाली कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै डा. महतले “देश, जनता र पार्टी फर्स्ट अनि मात्र म भन्ने सोच विकास नगरे कांग्रेस अझै कमजोर बन्छ” भन्ने स्पष्ट सन्देश दिएका हुन्।

उनले पार्टीभित्रको नकारात्मक आत्मालोचना र आन्तरिक सशंकाको प्रवृत्तिले संगठन कमजोर बनाइरहेको उल्लेख गर्दै भने, “हाम्रै नेताहरूले मञ्चमै उभिएर ‘सबै भ्रष्टाचारी त हामी नै हौं’ भनेर भन्न थालेपछि जनतामा कस्तो सन्देश जान्छ?”

डा. महतले कांग्रेसको नीति र सिद्धान्त लोकतान्त्रिक मूल्य र समाजवादप्रतिको प्रतिबद्धतासहित बलियो रहेको जिकिर गरे। “निजी क्षेत्र उत्पादनको नेतृत्व लिने, राज्यले वितरणको – यही हाम्रो समाजवादी अवधारणा हो,” उनले भने।

तर संगठन निर्माणमा दीर्घकालीन सोचको अभाव, गुटबन्दी र अवसरवादले कांग्रेसलाई कमजोर बनाएको बताउँदै उनले थपे, “पपुलिजममा रमाउने प्रवृत्तिले दीर्घकालीन संस्था निर्माण गर्न सकेन।”

बसाइँसराइ र सूचना प्रविधिको विस्तारसँगै जनतासँगको सम्बन्ध गाँस्ने महत्वपूर्ण संरचना सम्पर्क समिति भए पनि पार्टीले यसको सदुपयोग गर्न नसकेको डा. महतको भनाइ थियो। उनले अर्घाखाँचीको उदाहरण दिँदै सम्पर्क समितिमा समावेशी प्रतिनिधित्व नहुनु गम्भीर कमजोरी भएको औंल्याए।

निर्वाचन प्रणालीले बहुमत असम्भव बनाएको उल्लेख गर्दै उनले “सत्तामा जानु र नीति कार्यान्वयन गर्नु पार्टीको कर्तव्य हो, क्लब होइन,” भन्दै गठबन्धनलाई यथार्थपरक मान्यता दिनुपर्ने धारणा राखे।

उहाँले हालैको राष्ट्र बैंक गभर्नरको नियुक्तिमा सभापति शेरबहादुर देउवाको अडानलाई उदाहरण दिँदै कांग्रेसले आफ्ना मूल्य नछोडेको स्पष्ट पारे।

अनुशासनबारे भारतीय जनता पार्टीको उदाहरण दिँदै डा. महतले कांग्रेसमा पनि कडा अनुशासन र उद्देश्यकेन्द्रित नेतृत्व विकासको खाँचो रहेको बताए। “अनुशासन समिति छ, तर कार्यान्वयन शून्यजस्तै छ,” उनको टिप्पणी थियो।

नयाँ पुस्तामा ‘पार्टीबाट के पाइन्छ?’ भन्ने सोच हावी भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले “गुटगत राजनीति त्यागेर पार्टीको न्यूनतम मूल्य र सिद्धान्त बुझ्ने साथीहरू एकजुट हुनुपर्छ,” भन्ने आह्वान गरे।

कार्यक्रममा अन्य नेताहरूले समेत पार्टीभित्र अनुशासन, समावेशी संरचना, र सशक्त संगठन निर्माणको आवश्यकता औंल्याएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार