श्रावण ३, २०८२ शनिबार July 19, 2025

सभामुखसहित प्रमुख सचेतकहरूको बैठक आज पनि निष्कर्ष विहीन

सभामुख र कानूनमन्त्रीसहितको छलफलमा कुरा नमिलेपछि सत्ता र प्रतिपक्ष दलहरू अहिले फेरि छलफलमा जुटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन टुङ्गिएको छ। भिजिट भिसा प्रकरणमा सत्ता र प्रतिपक्षले आआफ्नै अडान राखेपछि सहमति जुट्न सकेन  ।

सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठकमा कुरा मिल्न नसकेको हो ।

प्रतिपक्षी दलहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया