असार २३, २०८२ सोमबार July 7, 2025

‘पार्टीभित्र आन्तरिक एकता हुन जरुरी छ’ – लेखराज भट्ट

पार्टीभित्र आन्तरिक एकता नभए आगामी निर्वाचनमा उपलब्धि हासिल गर्न कठिन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली। नेपाल कम्युनिष्ट एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र आन्तरिक एकता हुन जरूरी रहेको बताउनुभएको छ ।

नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पार्टीभित्र आन्तरिक एकता नभए आगामी निर्वाचनमा उपलब्धि हासिल गर्न कठिन हुने बताउनुभयो ।

पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताउँदै उहाँले त्यस्तो अवस्थामा जनवर्गीय सङ्गठन सक्रिय भएर अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपङ्क्तिमा उभिनुपर्छ । एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ ।” उहाँले सुदूरपश्चिममा खेलकुदको पूर्वाधार र नीतिगत सुधारमा राज्यको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुद र खेलाडीहरूको ठूलो सम्भावना रहेको बताउनुभयो । उहाँले समृद्धिका लागि खेलकुदलाई आर्थिक र सामाजिक विकाससँग जोड्नुपर्ने बताउँदै विशेषगरी क्रिकेट खेलमा यहाँ ठूलो सम्भावना रहेकोले स्तरीय क्रिकेट मैदान निर्माणको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले पार्टीमा सङ्कट उत्पन्न भएका बेला महासङ्घको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाउन महासङ्घले सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार