मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रचण्ड कप राष्ट्रिय महिला भलिवल : पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

३१ जेठसम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पोखरा रंगशालामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा बुधबार दुबै टोलीले सानदार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् । समूह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र अर्को खेलमा न्यू डायमण्डले घरेलु टिम गण्डकीलाई समान ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

पुलिसले स्टेप रामपुरलाई २५-७, २५-९ र २५-९ सेटमा हराउँदै समूह विजेता बनेको हो । पुलिसले अघिल्लो दिन मंगलबार उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई सोझो सेटमै हराएको थियो ।बुधबारको अर्को खेलमा डायमण्डले नेपाली टिमकी कप्तान अरुणा शाहीकै कप्तानीको गण्डकीको टिमलाई पराजित गरेको हो । उसले २५-८, २५-१० र २५-१२ सेटमा हराउँदै अन्तिम ४ मा पुग्न सफल भयो ।

३१ जेठसम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।तेस्रो हुने टिमले १ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनायो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डको नाममा पहिलोपल्ट उक्त प्रतियोगिता भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार