मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इंग्ल्याण्डको तेस्रो टी–२० मा शानदार जित, वेस्ट इण्डिजविरुद्ध क्लिन स्वीप

तीन खेलको टी–२० सिरिजमा इंग्ल्याण्डले सम्पूर्ण खेल जित्दै सानदार प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इंग्ल्याण्डले वेस्ट इण्डिजविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलमा ३७ रनको शानदार जित हात पार्दै सिरिजमा क्लिन स्वीप गरेको छ। साउथह्याम्पटनमा सम्पन्न खेलमा विशाल २४८ रनको लक्ष्य दिएको इंग्ल्याण्डले प्रभावकारी बलिङ प्रदर्शन गर्दै पाहुना टोलीलाई २११ रनमै रोक्दै सिरिज ३–० ले आफ्नो पक्षमा पार्न सफल भएको हो। यसअघि इंग्ल्याण्डले पहिलो खेल २१ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो।

टस हारेर पहिले ब्याटिङमा झरेको इंग्ल्याण्डले २० ओभरमा केवल ३ विकेट गुमाउँदै २४८ रनको विशाल स्कोर खडा गर्‍यो। ओपनर बेन डकेटले ४६ बलमा ८४ रनको आक्रामक पारी खेले भने अर्का ओपनर जेमी स्मिथले २६ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६० रन बनाए।

यी दुईले पहिलो विकेटका लागि ८.५ ओभरमा १२० रनको साझेदारी गर्दै टिमलाई सशक्त सुरुवात दिलाए। कप्तान जस बटलरले २२, ह्यारी ब्रुकले ३५ र जेकोब बेथलले ३६ रनको योगदान दिए। वेस्ट इण्डिजका अकिल हुसेन, गुडाकेश मोती र शेर्फान रदरफोर्डले समान १–१ विकेट लिए।

२४९ रनको विशाल लक्ष्य पछ्याउन उत्रिएको वेस्ट इण्डिज २० ओभरमा ८ विकेट गुमाउँदै २११ रनमै समेटियो। रोभम्यान पावेलले ४५ बलमा अविजित ७९ रन बनाएर टोलीलाई जितको होडमा राख्न प्रयास गरे पनि पर्याप्त साथ नपाउँदा टोली हारबाट जोगिन सकेन।

कप्तान शाई होपले २७ बलमा ४५ रन बनाएका थिए भने शिम्रन हेटमायरले २६, जेसन होल्डरले २५ रनको योगदान दिए। इभिन लुइस र जोनसन चाल्र्स समान ९ रनमै आउट भए। इंग्ल्याण्डका ल्युक वुडले ३ विकेट लिए भने आदिल राशिदले २, बाइडेन केस, जेकोब बेथल र लियाम डावसनले समान १–१ विकेट लिए।

तीन खेलको टी–२० सिरिजमा इंग्ल्याण्डले सम्पूर्ण खेल जित्दै सानदार प्रदर्शन गरेको छ। यस जितले इंग्ल्याण्डको टी–२० फर्ममा आत्मविश्वास थपेको छ भने वेस्ट इण्डिजका लागि टोली समायोजन र बलिङ पक्षमा सुधारको खाँचो देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार