असार २८, २०८२ शनिबार July 12, 2025

गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट प्रतियोगिता पोखरामा सुरु, स्याङ्जा र तनहुँ विजयी

आइतबार म्याग्दी र तनहुँ तथा बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, जेठ ३१ गते। गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगिता शनिबारबाट पोखरामा सुरु भएको छ। प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गरिएको हो। प्रतियोगिताको पहिलो दिन स्याङ्जा र तनहुँ विजयी भएका छन्।

उद्घाटन खेलमा स्याङ्जाले म्याग्दीलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्‍यो। टस जितेर पहिला ब्याटिङ गरेको म्याग्दीको टिम १८.५ ओभरमै सबै विकेट गुमाउँदै जम्मा ८८ रनमै समेटिएको थियो। म्याग्दीले दिएको ८९ रनको लक्ष्य स्याङ्जाले १२.४ ओभरमा ४ विकेट गुमाएर ९३ रन बनाउँदै सहजै भेट्टायो।

यसैगरी, शनिबार भएको दोस्रो खेलमा तनहुँले बागलुङलाई १० रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको तनहुँले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। तनहुँका लागि वंश क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै ५४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अविजित ७० रनको अर्धशतकीय पारी खेले।

१३५ रनको लक्ष्य पछ्याउने क्रममा बागलुङ ६ विकेटको क्षतिमा १२४ रनमै सीमित रह्यो। तनहुँका बलरहरूले लगातार दबाब कायम राख्दै बागलुङका ब्याट्सम्यानहरूलाई खुला खेल खेल्न दिएनन्।

प्रतियोगितामा समूह ‘ए’ मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी छन् भने समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन्। संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार प्रत्येक दिन दुई खेल हुने गरी प्रतियोगिता तालिका तयार गरिएको छ।

आइतबार म्याग्दी र तनहुँ तथा बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

यो प्रतियोगिता गण्डकी प्रदेशमा क्रिकेटको विकास र युवामा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार