बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकाले जित्यो

संस्करणको विजेता दक्षिण अफ्रिकाले ३ दशमलव ६ मिलियन अमेरिकी डलर जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः आईसीसी विश्व टेस्ट च्याम्पियनशिप–२०२५ को ऐतिहासिक उपाधि दक्षिण अफ्रिकाले जीतेको छ । बेलायतको लड्र्स क्रिकेट मैदानमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले पूर्व विजेता अस्ट्रेलियालाई पाँच विकेटले हरायो । उपाधि जित्न दुई सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो पारीमा पाँच विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका लागि ओपनगर ब्याटर एडेन माक्ररमले एक सय ३६ रनको शतकीय पारी खेले । यस्तै कप्तान टेम्बा बभुमाले ६६ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले तीन, कप्तान प्याट कमिन्स र जोश हेजलवुडले समान एक विकेट लिए ।

अस्ट्रेलियाले समग्रमा दुई सय ८२ रन बनाएको थियो । दक्षिण अफ्रिका ६९ दशमलव ४४ प्रतिशत र अस्ट्रेलिया ६७ दशमलव ५४ अङ्कका साथ फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेता दक्षिण अफ्रिकाले ३ दशमलव ६ मिलियन अमेरिकी डलर र उपविजेता अस्ट्रेलियाले २ दशमलव १६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

सन् २०१९ देखि शुरू भएको पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा न्युजिल्यान्डले भारतलाई हराउँदै तथा दोस्रो संस्करणमा अस्ट्रेलियाले भारतलाई नै हराउँदै उपाधि जितेका थिए । यी दुवै संस्करणमा भारत उपविजेता भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार