असार २८, २०८२ शनिबार July 12, 2025

त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपालको टोली घोषणा

नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ । स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शृङ्खलाका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा रुपेश र किरण समेटिएका हुन् ।

नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ । टोलीमा लोकेश बमले पुनरागमन गर्नेछन् ।

तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।

स्कटल्याण्डमा हुने टी–२० शृङ्खलाको पहिलो खेलमा भोलि घरेलु टोली र नेदरल्यान्ड्सबीच खेल हुनेछ । नेपालले पर्सि सोमवार नेदरल्यान्ड्ससँग खेल्दै शृङ्खलाको शुरुआत गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार