काठमाण्डौः सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । आज चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुनको भाउ तोलामा एक लाख ९७ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज अस्तिको जस्तै तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया