असार २८, २०८२ शनिबार July 12, 2025

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ असारः राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आज स्वागत गरेको छ ।

राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै पदक दिलाउन सफल भएकामा बधाई प्रदान गर्नुभयो ।

त्यसअघि आजै नेपाली टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका प्रथम उपाध्यक्ष विजयलाल कायश्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

भुटानको थिम्पुमा गत जेठ ३० र ३१ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन रजतपदक जितेको थियो । नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीको सहभागिता थियो ।

महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् । सोही स्पर्धामा शीला ठकुरीले रजतपदक जितिन् । पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत तथा पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जितेका हुन् । पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटर माथि प्रनिश श्रेष्ठ पाँचौँ स्थानमा रहेका छन् ।

स्वागत कार्यक्रममा सदस्यसचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थुप्रै अन्तरराष्ट्रिय पदक जितिसकेको बताउँदै पदक जितेर सारा नेपालीलाई खुसी बनाएकामा खेलाडीलाई बधाई प्रदान गर्नुभयो । शारीरिक सुगठन महासङ्घका प्रथम उपाध्यक्ष कायश्थले हरेक अन्तरराष्ट्रिय प्रतियोगतामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउँदै आएको स्मरण गर्नुभयो ।

टोलीसँगै अफिसियल रूपमा भुटान जानुभएका शारीरिक सुगठनका सचिव दिनेशकुमार राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजनाबारे पनि भुटानमा छलफल भएको जानकारी दिनुभयो । व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान जानुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार