काठमाण्डौः नेपालले आज स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ। यो खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ।
शृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो। उक्त खेलमा १६१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १२१ रनमा अलआउट भएको थियो।
टी-२०आईमा नेपाल र नेदरल्याण्ड्स हालसम्म १३ पटक भिडेका छन्। यसमा नेदरल्याण्ड्सले ७ खेल जितेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ। एक खेल भने नतिजाविहीन टुंगिएको थियो।
यी दुई टोली पछिल्लोपटक सन् २०२४ जुनमा आईसीसी टी-२० विश्वकपको खेलमा भिडेका थिए, जहाँ नेदरल्याण्ड्स विजयी भएको थियो। त्यसअघि, मार्चमा कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा पनि नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो। फाइनलअघि भएको दुई खेलमा भने दुवै टोलीले १-१ जित निकालेका थिए।
टी-२०आई शृंखला आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय शृंखला सकिएपछि त्यही टोलीहरूबीच खेलिएको हो।पुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । फाइनलअघि भएको २ खेलमा भने दुवै टोलीले १-१ जित निकाले ।
खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजन र एडिआर स्पोर्ट्स च्यानलमार्फत युट्युबमा पनि हेर्न सकिनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया