असार २२, २०८२ आइतबार July 6, 2025

म्यानचेस्टर युनाइटेडका कप्तान माग्वेर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी माग्वेर प्रहरीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका छन्।

ग्रीसको एक टापुस्थित बारबाहिर भएको झगडाका क्रममा माग्वेरले प्रहरीलाई आक्रमण गरेको आरोप लागेको छ । २७ वर्षीय माग्वेर अन्य बेलायती पर्यटकसँग झगडा गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

प्रहरीलाई माग्वेरसहित अन्य २ जनाले बोली र भौतिक रुपमा आक्रमण गरेको दावी गरिएको छ। यस विषयमा म्यानचेस्टर युनाइटेडले घटनाबारे आफूलाई जानकारी भएको र थप बुझ्ने काम भइरहेको उल्लेख गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया