असार २८, २०८२ शनिबार July 12, 2025

एन्फा महिला फुटबल लिग छनोटमा १६ क्लबले सहभागिता जनाउने

चर्च ब्वाइजबाहेक ए डिभिजन लिग क्लब न्यु रोड टिम (एनआरटी) र सङ्कटा फुटबल सहभागि हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । एन्फा महिला फुटबल लिग छनोट प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसहित १६ क्लबले सहभागिता जनाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले  गत वैशाख २६ गते वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिगको छनोट १ देखि १६ असारसम्म सञ्चालन हुने तय गरेको थियो ।

तर, क्लबहरूले तयारी थालेपछि एन्फाले  साउन २७ गतेदेखि प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगितामा यसपल्ट प्रदेशका टोली सहभागी हुने छैनन्। अघिल्लोपल्ट सात प्रदेशले छनोट खेलेका थिए । त्यसबाट कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश छनोट भएर लिगमा पुगेका थिए ।

छनोटमा चर्च ब्वाइजबाहेक ए डिभिजन लिग क्लब न्यु रोड टिम (एनआरटी) र सङ्कटा फुटबल क्लबले सहभागिता जनाउने छन्। यस्तै, नेपाल सुपर लिगको फ्रेन्चाइजी बुटवल लुम्बिनी एफसी र झापा एफसीले पनि खेल्नेछन् ।

प्रतियोगिताका लागि असार २० गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ । एन्फाले खेल तालिका भने साउन १६ गते सार्वजनिक गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार