असार २२, २०८२ आइतबार July 6, 2025

तीनदिने भक्तपुर औद्योगिक प्रवर्द्धन मेला सुरु

करिब ५५ हजारले अवलोकन गर्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, ६ असार. : भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आजदेखि तीनदिने भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला सुरु भएको छ ।

भक्तपुरमा पर्यटन प्रवर्द्धन गर्ने, यहाँका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पु-याउने, भक्तपुरको मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरु, माटोको भाडोहरु पौवा चित्रहरु, लत्ताकपडाहरु, विभिन्न जातका बिरुवाहरु, खाद्यान्नको प्रदर्शनी गरिएको सङ्घका महासचिव नवीन प्रजापतिले जानकारी दिनुभयो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजार प्रवर्द्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवर्द्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले आजबाट सुरु भएको तीनदिने मेला करिब ५५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, मेलामा स्थानीय खानाका स्टलहरु, रहेको महासचिव प्रजापतिले बताउनुभयो ।

स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्रकला, मूर्ति बनाउने कार्य प्रत्यक्ष प्रदर्शनी हुने उहाँको भनाइ छ । मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको छ ।

मेलामा भक्तपुर, काभ्रे र काठमाडौँका उद्यमीहरुको ४५ वटा स्टल रहेको र रु एक करोडसम्म बिमा व्यवस्था गरिएको आयोजकले जनाएको छ । सो मेलाको उद्घाटन आज बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसार्इंले गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार