असार २८, २०८२ शनिबार July 12, 2025

कोरोना परीक्षणका लागि उपत्यकाका १५ अस्पतालमा गरिन्छ स्वाब संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण भए/नभएको पुष्टि गर्नका लागि केही अस्पतालाई स्वाब संकलन केन्द्रका रूपमा तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा काठमाडौं उपत्यकाका १५ वटा अस्पताललाई स्वाब संकलन केन्द्रका रूपमा तोकेको जानकारी दिए ।

काठमाडौंको जनसंख्याका आधारमा स्वाब संकलन गर्न समस्या भएको गुनासो आइरहेको उल्लेख गर्दे उनले नमुना परीक्षणका लागि स्वाब संकलन गर्ने केन्द्रहरू तोकिएको बताए ।

उनका अनुसार स्वाब संकलन गर्ने केन्द्रहरूमा पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, स्टार अस्पताल रहेका छन् ।

त्यस्तै, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, काठमाडौं मेडिकल कलेज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, प्रस्तूति गृह, ह्याम्स अस्पताल र नेपाल कोरियामैत्री अस्पताललाई पनि स्वाब संकलन केन्द्रका रूपमा तोकिएको उनले बताए ।

‘यी ठाउँमा गएर क्राइट एरियामा परेका व्यक्तिले स्वाब संकलन गराउन सक्नुहुने छ’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया