बैसाख १६, २०८३ बुधबार April 29, 2026

आफ्नै श्रीमतीको हत्या आरोपमा पर्सामा श्रीमान् पक्राउ

प्रारम्भिक अनुसन्धान गर्दा हत्या श्रीमानले गरेको पाइएपछि पक्राउ गरी जिल्ला अदालत पर्साबाट पाँच दिन थुनामा राख्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्सा ।आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका-४ का २३ वर्षीय सफिराजा मियाँ रहेका छन्।

२१ वर्षीया लालबिबी खातुनको हत्या गरेको आरोपमा उनलाई दुई दिनअघि पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

लम्सालका अनुसार असार ७ गते राति पौने १ बजे लालबिबीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

प्रारम्भिक अनुसन्धान गर्दा हत्या श्रीमानले गरेको पाइएपछि पक्राउ गरी जिल्ला अदालत पर्साबाट पाँच दिन थुनामा राख्न अनुमति लिइएको छ।

लम्सालका अनुसार शव पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ।

श्रीमान-श्रीमतीबीच मनमुटाव रहेकोले घटना भएको प्रहरीको अनुमान छ। ‘उनीहरूबीच लामो समयदेखि बोलचाल नरहेको थाहा भएको छ,’ लम्सालले भने, ‘कामबाट घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने गरेको पाइएको छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया