असार २८, २०८२ शनिबार July 12, 2025

बनेपामा एकैदिन ३५ जनामा कोरोना सङ्क्रमण पुष्टीः सङ्क्रमितको सङ्ख्या १३९ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः काभ्रेको बनेपा नगरपालिका­ – १३ भैँसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा नै लकडाउन गरिएको छ ।

१३ नम्बर वडा कार्यालयले यस क्षेत्रमा सर्वसाधारणलाई आवत-जावतमा रोक लगाउनुको साथै स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र अर्को सूचना नभएसम्मको लागि हिडडुलमा रोक लगाएको वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिए ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार शनिबार एकैदिन जिल्लामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । उनका अनुसार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा गरी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमित सबैजनाको सम्बन्धित अस्पतालमा नै उपचार भइरहेको डा झाले बताए । एकैदिन यतिधेरै सङ्ख्यामा सङ्क्रमण देखिएको जिल्लामा यो पहिलो पटक हो । याे सङ्ख्यासहित गरी काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको सङ्ख्या १३९ पुगेको छ । यसमध्ये ४३ जना निको भएर घर फर्किसकेका जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया