असार १९, २०८२ बिहिबार July 3, 2025

आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य

कम्पनीले चालु आर्थिक वर्षमा हालसम्म रु पाँच करोड बराबरको औषधि बिक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ असारः प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले आज नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेका गर्नुभएको छ । समितिले अनुगमन गर्दै संस्थाले उठाएका समस्यालाई नीतिगत छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा हालसम्म रु पाँच करोड बराबरको औषधि बिक्री गरिसकेको छ, जबकी अघिल्लो वर्ष कूल बिक्री रु चार करोड ७८ लाख नौ हजार २६३ रहेको थियो ।

उहाँले कम्पनीको वार्षिक औषधि उत्पादन तथा बिक्रीमा १० प्रतिशत वृद्धि गर्ने लक्ष्य रहेको जनाउँदै भन्नुभयो, “यदि यो संस्थानलाई राम्ररी चलाउनुछ भने मन्त्रालयमार्फत होइन, नीतिगत स्पष्टता र लगानी आवश्यक छ । अहिले बजेट शून्य छ र सरकारी भवन भाडामा दिएर तलब धानिरहेका छौँ । सरकारले आफैँ उत्पादन गरेको औषधि पनि नकिन्ने हो भने हामी कसरी बाँच्ने ?”

महाप्रबन्धक पनेरुले तीनै तहका सरकारी निकायबाट औषधि खरिद गर्दा नेपाल औषधि लिमिटेडको उत्पादनलाई अनिवार्य प्राथमिकता दिने नीतिगत व्यवस्था आवश्यक रहेकामा जोड दिनुभयो ।

अनुगमनपछि समितिका सभापति अब्दुल खाँनले संस्थाको समस्या गम्भीर रहेको उल्लेख गर्दै संसद्को सम्बन्धित समितिमा छलफल गरेर समाधानको पहल गरिने जानकारी दिनुभयो ।

“लिमिटेड सरकारी स्वामित्वमा रहेको संस्था हो”, उहाँले भन्नुभयो, “सरकारी निकायले आफैँले उत्पादन गरेको औषधि खरिद नगर्नु दुःखद् हो । संस्थाले पनि क्षमता विस्तार गर्नुपर्छ, हामी आवश्यक छलफलमार्फत निकास खोज्छौँ ।”

हाल औषधि लिमिटेडले सिटामोल, जीवनजललगायत ११ प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ भने आगामी वर्षमा यो सङ्ख्या २० पु¥याउने लक्ष्य राखिएको छ ।

संस्थाका अध्यक्ष यज्ञप्रसाद न्यौपानेका अनुसार हाल उत्पादनका हिसाबले संस्था सकारात्मक दिशामा अघि बढिरहेको छ । उहाँले उत्पादन राम्रो भएकै कारण विश्वस्वास्थ्य सङ्गठनबाट पनि मान्यता पाएको र छिट्टै २० प्रकारका औषधिहरू उत्पादनमा पु¥याइने जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसको कुस्र्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु
२०८२ असार १९, बिहिबार
पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता
२०८२ असार १९, बिहिबार
हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा
२०८२ असार १९, बिहिबार
प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
२०८२ असार १९, बिहिबार
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त
२०८२ असार १९, बिहिबार
आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य
२०८२ असार १९, बिहिबार
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
२०८२ असार १९, बिहिबार