असार २१, २०८२ शनिबार July 5, 2025

प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई

फाइनल प्रतियोगितामा नेपाली टोलीले सिंगापुरको टोलीलाई हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गरेको भन्दै नेपाली यू–१६ राष्ट्रिय टोलीलाई बधाई ज्ञापन गरेका हुन्।

‘एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गर्न सफल नेपाली यू–१६ राष्ट्रिय टोलीलाई हार्दिक बधाई ! यस गौरवमय सफलताका लागि प्रशिक्षक, व्यवस्थापन समूहलगायत सबैलाई धन्यवाद’, प्रधानमन्त्री ओलीले लेखेका छन्।

आज मलेसियामा भएको फाइनल प्रतियोगितामा नेपाली टोलीले सिंगापुरको टोलीलाई पराजित गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार