मेष राशि
स्थायी सम्पत्ति सम्बन्धी कामले ठूलो लाभ दिन सक्छ । आम्दानीमा वृद्धिसँगै मन अनुसारको प्रगति हुनेछ । फाइदाका अवसरहरू हात लाग्नेछन् । साझेदारहरूको सहकार्य समयमा प्राप्त हुनेछ । यात्राको योजना बन्ने छ ।
शुभ रंगः रातो, शुभ अंकः ४
वृष राशि
पार्टी तथा पिकनिकको कार्यक्रम बन्ने छ । स्वादिष्ट भोजनको आनन्द उठाउन पाइने छ । व्यापार व्यवसाय अनुकूल रहला । सिर्जनात्मक कार्यहरू सफल हुनेछन् । काममा मन लाग्ने छ । सेयर बजारबाट लाभ हुने सम्भावना छ ।
शुभ रंगः गुलावी , शुभ अंकः ५
मिथुन राशि
अनावश्यक खर्च हुनेछ । खराब संगतबाट टाढा रहनु होला । अनावश्यक कुरामा ध्यान नदिनु होला । आफ्नो काममा बढी ध्यान दिन आवश्यक छ । बोलीमा नियन्त्रण राख्नु होला ।
शुभ रंगः गुलावी, शुभ अंकः ९
कर्कट राशि
बिर्सिएका साथीहरू र पाहुनाहरूको स्वागत(सम्मानमा खर्च हुनेछ । आत्म सम्मान कायम रहने छ । उत्साहजनक समाचार प्राप्त हुनेछ। ठूलो काम गर्ने इच्छा जाग्ने छ । परिवारका सदस्यहरूको प्रगतिको समाचार पाइने छ ।
शुभ रंगः हरियो , शुभ अंकः ५
सिंह राशि
घरभित्र र बाहिर रमाइलो वातावरण रहने छ । जागिरमा शान्तिको अनुभव हुनेछ । व्यापारबाट सन्तुष्टि मिल्ने छ । साथीहरूको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ । लाभका अवसरहरू मिल्ने छन् । यात्राको योजना बन्न सक्छ ।
शुभ रंगः केशरी, शुभ अंकः ६
कन्या राशि
यात्रा अनुकूल, रमाइलो र फाइदाजनक हुनेछ । उपहार प्राप्त हुन सक्छ । व्यापारबाट मन अनुसारको लाभ हुनेछ । घर तथा बाहिर सफलता प्राप्त हुनेछ । परिवारमा सुख शान्ति कायम रहने छ । काममा उत्साह तथा लगन रहने छ ।
शुभ रंगः गुलावी, शुभ अंकः ६
तुला राशि
स्वास्थ्य कमजोर बन्न सक्छ । बनिसकेको काममा बाधा आउन सक्छ । चिन्ता र तनाव बढ्ने छ । जीवनसाथीसँग तालमेल मिलाउनु होला । अनावश्यक खर्च हुनेछ । मित्रहरूको साथ मिल्ने छ । कुनै पनि काममा हतार नगर्नु होला ।
शुभ रंगः रातो, शुभ अंकः ९
वृश्चिक राशि
रोकिएको रकम उठाउने प्रयास सफल हुनेछ । यात्रा रमाइलो हुनेछ । फाइदाका अवसर हात लाग्ने छन् । जागिरमा सन्तुष्टि हुनेछ । हतारमा आवश्यक वस्तु हराउन सक्छ । कानुनी झमेला आउन सक्छ । घर बाहिर खुशीको वातावरण रहने छ ।
शुभ रंगः गुलावी, शुभ अंकः ३
धनु राशि
नयाँ योजना लागू गर्ने उत्तम समय छ । काम गर्ने तरिकामा सुधार हुनेछ । सामाजिक कार्यमा सफलता मिल्ने छ । मान सम्मान प्राप्त हुनेछ । कार्य सफल हुनेछ । फाइदाका अवसर मिल्ने छन् ।
शुभ रंगः बैजनी, शुभ अंकः ६
मकर राशि
परिचित व्यक्तिको सहयोग प्राप्त हुने सम्भावना छ । तान्त्रिक विधिप्रति रुचि बढ्ने छ । कूटनीतिक सहयोग मिल्ने सम्भावना छ । फाइदाका ढोका खुल्ने छन् । धन प्राप्त हुनेछ । लापरवाही नगर्नु होला ।
शुभ रंगः आकाशे, शुभ अंकः ३
कुम्भ राशि
स्वास्थ्यको ख्याल गर्नु होला । चोट तथा दुर्घटनाबाट जोगिनु होला । आम्दानीमा कमी आउन सक्छ । भौतिक वस्तुहरूमा ठूलो खर्च हुन सक्छ । हितैषीहरूको सहयोग पाइने छ । धनार्जन सम्भव छ ।
शुभ रंगः नीलो, शुभ अंकः ९
मीन
प्रेम सम्बन्धमा अनुकूलता रहने छ । कुनै वरिष्ठ व्यक्तिको सहयोगले काममा आएको अवरोध हटेर फाइदा हुनेछ । परिवारका सदस्यहरूले अनुकूल व्यवहार गर्नेछन् । आम्दानीमा वृद्धिसँगै स्वास्थ्य पनि राम्रो रहने छ ।
शुभ रंगः रातो, शुभ अंकः ८
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया