कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न

पाशुपत क्षेत्रको आर्यघाट नजिकैको गंगामाईको मन्दिरमा रहेको मूर्तिलाई संरक्षित गरेर राख्ने र नगरपरिक्रमा गर्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न भएको छ। बुधबार पाशुपत क्षेत्रमा जात्रा विधिवत रूपमा गुर्जुको पल्टनले समाली सहित तीन पटक तोप पड्काएर जात्राको शुरूवात गरिएको हो।

जात्राको ऐतिहासिकता विंक्रम संवत् १९०४ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा र उनकी श्रीमती रानी गंगा राणाको पालामा सञ्चालन भएको भाषावंशावलीमा इतिहास पाइने भण्डारखाल तहबिलका द्वारे रामकृष्ण डंगोलले बताए।

उनले यो जात्रा भगवान शिवसँग प्रत्यक्ष रूपमा जोडिएको जात्रा हो । यो शिवलाई आरधाना गरिएर यो जात्राको शुरूवात गरिएको किंवदन्ती पाइने बताए।

उनले भने, ‘यो जात्राको ब्यवस्थापन गुठी संस्थान अन्तरगतको पशुपति गोस्वार कार्यालयले गर्दै आईरहेको छ। जात्रामा परिचालित व्यक्तिहरू अमालकोट कचहरी र मूर्तिहरूमा अमालकोट कचहरी अन्तर्गतका व्यक्तिहरू रहने गर्दछन्। जसले देविको संरक्षण सुरक्षा सहित गरगहनालाई सुरक्षा प्रदान गर्नेछन्।’

यो जात्रा विस १९०४ बाट शुरूवात गरिएको भन्ने रहेको अमालकोट कचहरीका द्वारे डंगोलले बताए। पाशुपत क्षेत्रको आर्यघाट नजिकैको गंगामाईको मन्दिरमा रहेको मूर्तिलाई संरक्षित गरेर राख्ने र नगरपरिक्रमा गर्ने गरिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार