असार २३, २०८२ सोमबार July 7, 2025

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

सिफारिस भएका नाममध्येबाट प्रधानमन्त्री एवं कुलपतिबाट उपयुक्त उम्मेदवारको छनोट गरी उपकुलपति नियुक्त गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओली समक्ष विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन गरिएको समितिले आज प्रधानमन्त्री ओलीलाई उपकुलपतिको नियुक्तिका लागि तीनजना योग्य उम्मेदवारको नाम सिफारिस गरेको हो।

सिफारिस गरिएका व्यक्तिहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, त्रिवि विज्ञान सङ्कायका पूर्व डीन प्रा.डा. विनिल अर्याल र जल तथा मौसम विभागका पूर्व प्रमुख प्रा.डा. दीपक अर्याल रहेका छन्।

त्रिवि उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो। त्यसपछि चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।

सिफारिस भएका नाममध्येबाट प्रधानमन्त्री एवं कुलपतिबाट उपयुक्त उम्मेदवारको छनोट गरी उपकुलपति नियुक्त गरिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया