काठमाण्डौंः विश्व महामारी कोरोना भाईरस संक्रमणका कारण सोमबार थप दुई जनाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरद्वारा सोमबार साँझ जारी विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाण्डौ र धनुषाका दुई पुरुषको मृत्यु भएको हो ।
भदौ ६ गते उक्त अस्पतालमा भर्ना भएर उपचार गराइरहेका काठमाडौंका ७४ वर्षिय पुरुष र साउन २५ गतेदेखि उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
सोमबार नै स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको जानकारी गराएको थियो । मन्त्रालयले सोमबार दिउँसोसम्म १५७ जना कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको थियो । यस्तै, साँझ पाटन अस्पतालमा थप दुई जनाको मृत्यु भएकासँगै मृतकको संख्या १५९ पुगेको छ । तर, पछिल्लो मृत्यु मन्त्रालयले पुष्टि गरेको छैन ।
यस्तो छ जिल्ला स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी प्रेश विज्ञप्तिः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया