असार २३, २०८२ सोमबार July 7, 2025

२५ वर्षदेखी फरार दुई अभियुक्त पक्राउ

दुवैजनालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी चलान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, असार २३ गते । घरको पिढीमा बाँधेर घरेलु हतियार बन्चरो प्रहारबाट हत्या गरी फरार भएका २ अभियुक्तलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले २५ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षीय दुर्गानारायण बुढा र ४९ वर्षीय पर्सबहादुर बुढा छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको टोलीले काठमाडाैंको तारकेश्वर नगरपालिका–१ मा पक्राउ गरेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ दुवैजनालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको छ ।

२०५७ साल कात्तिक २८ गते धौलागिरी–३ बस्ने (तत्कालीन अवस्थामा २४ वर्षका) गर्बे पाइजा मगरलाई घरको पिंढीमा बाँधेर बन्चरो प्रहारबाट हत्या गरी उनीहरु फरार थिए । म्याग्दी जिल्ला अदालतले २०६६ असोज २६ गते दुर्गानारायणलाई २० वर्ष कैद सजाय तोकेको थियो भने सोही अदालतले २०५९ फागुन २५ मा पर्सबहादुरलाई पनि २० वर्ष कैद सजाय तोकेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया