काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा दिपक अर्याल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रा. डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दिपक अर्याललाई सिफारिस गरेको थियो ।
उपकुलपति प्रा. डा केशरजङ्ग बरालले गत चैत २८ गते दिएको राजीनामा स्वीकृतपछि चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया