असार २६, २०८२ बिहिबार July 10, 2025

निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा

नेपालमै पहिलोपटक हरित ऋणपत्रको कारोबार शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २६ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६%-२०८८/८९’ आजदेखि औपचारिक रूपमा दोस्रो बजारमा कारोबारका लागि खुला भएको छ।

निफ्राले ६ प्रतिशत ब्याजदरमा ७ वर्षे अवधिको ऋणपत्र जारी गरेको हो। प्रतिकित्ता एक हजार अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरिएको छ। यसरी सूचीकृत ऋणपत्रहरू आज (असार २५ गते) देखि सेकेन्डरी मार्केटमा खरिद–बिक्री गर्न सकिने भएको हो।

तर, सम्बन्धित ऋणपत्रधनीहरूले भने आफ्नो हितग्राही खातामा ऋणपत्र जम्मा भइसकेपछि मात्र यसको कारोबार गर्न सक्नेछन्।

निफ्राले नेपालमै पहिलोपटक हरित ऊर्जा सम्बन्धी ऋणपत्र जारी गर्ने अनुमति पाएको थियो। यो ऐतिहासिक ऋणपत्र जेठ १८ देखि २५ गतेसम्म निष्कासन गरिएकामा, जेठ २९ गते बाँडफाँट गरिएको थियो।

हरित परियोजनाहरूलाई प्राथमिकता दिई लगानी विस्तार गर्ने उद्देश्यले जारी गरिएको यो ऋणपत्रले पर्यावरणमैत्री विकासलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। निफ्राको यो पहललाई पूँजीबजारमा हरित लगानी प्रवर्द्धनतर्फको महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार