असार २६, २०८२ बिहिबार July 10, 2025

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेश गर्ने समितिको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औँ वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।

उनकाअनुसार प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कामहरु तथा समितिले समसामयिक विषयहरुमा गरेका निर्णयहरु प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेश गर्ने समितिको तयारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया