काठमाण्डौः नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी इस्ट जोन कप विजेता टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ ।
मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले सिंगापुरलाई २ विकेटले हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको थियो ।
खेलाडीहरूको मनोबल अभिवृद्धि गर्न र भविष्यमा अझ प्रेरित बनाउन उनीहरूलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया