काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपाका सांसद पशुपति समशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आफ्नो ८४औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो वंश परम्परा पनि राजनीति नै रहेको बताउनु भयो ।
आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको स्मरण उहाँले गर्नुभयो । आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुख-दुःख बुझ्ने कोशिस गरेको उहाँले बताउनु भयो । आफ्नो जीवनको सबैभन्दा बढी उर्जाशिल समय राजनीति नै रहेको उहाँकाे भनाइ छ ।
सांसद जबराले आफूले विभिन्न कालखण्डमा मुलुकको विभिन्न मन्त्रायलको नेतृत्व लिएर जनताको सेवा गर्न मौका पाएको बताउनु भयो । आफू शिक्षामन्त्री हुँदा वि.सं. २०३५ सालमा काठमाडौं उपत्यकाको प्राचिन मन्दिर एवं पुरातात्विक ठाउँहर”को संरक्षणका लागि युनेस्केको विश्व सम्पदाको सूचीमा सूचीकृत गराउन मुल भुमिका निर्वाह गर्ने मौका पाएको बताउनु भयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया