असार २७, २०८२ शुक्रबार July 11, 2025

‘पञ्चशीलका सिद्धान्तमा आधारित हाम्रो सम्बन्ध अतुलनीय छ’ : प्रधानसेनापति

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध पनि उत्तिकै सुमधुर रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २७ असार : प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल-सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध पनि उत्तिकै सुमधुर रहेको बताउनुभएको छ ।

जनमुक्ति सेना स्थापनाको ९८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी ल्यु चङजङले आयोजना गर्नुभएको स्वागत समारोहमा उहाँले कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा जनमुक्ति सेनाले गरेको सहयोग नेपाली सेनाले सदैव सम्झने बताउनुभयो ।

विपद् व्यवस्थापन र उद्धारमा जनमुक्ति सेनाका माध्यमबाट चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानसेनापति सिग्देलले जनमुक्ति सेना र नेपाली सेनाबीच संयुक्त सैन्यअभ्यासका साथै अन्य पारस्परिक हित र चासोका साझा विषयमा सधैँ सहकार्य भइरहेको बताउनुभयो ।

नेपालका लागि चीनका राजदूत छन सङले जनमुक्ति सेना प्रभुत्ववादविरुद्ध रहेको चर्चा गर्दै शान्ति र साझा भविष्य निर्माणलाई नै मूल मन्त्र मानेर आफ्नो देशको फौजले काम गरिरहेको बताउनुभयो ।

राष्ट्रपति सी चीनफिङको सबल नेतृत्वमा जनमुक्ति सेनाले विश्वशान्ति र विकासका खातिर अन्तरराष्ट्रिय क्षेत्रमा पनि पूर्णप्रतिबद्धताका साथ काम गरिरहेको बताउँदै उहाँले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ तुल्याउन आफू क्रियाशील रहेको दोहोर्‍याउनुभयो ।

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा यो वर्ष दुवै देशका शीर्ष नेतृत्वको अगुवाइमा सहकार्य, साझेदारी र सहयोग आदानप्रदानका कार्यक्रम कार्यान्वयन भइरहेका चिनियाँ राजदूतले बताउनुभयो ।

सैनिक सहचारी ल्युले संयुक्त राष्ट्रसङ्घको आह्वानमा जनमुक्ति सेनाले द्वन्द्वग्रस्त विश्वका विभिन्न मुलुकमा काम गरिरहेको बताउँदै अन्तरराष्ट्रिय सुरक्षा र मानवीय सहयोगलाई पनि सेनाले समान प्राथमिकता दिएको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार