असार २७, २०८२ शुक्रबार July 11, 2025

नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा

नेपाली राजनीतिमा निष्ठाको खडेरी छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ, असार २७ गते । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताउनुभएको छ । उहाँले राजनीतिमा कँडेलको जस्तो निष्ठाको खडेरी भएको बताउनुभएको छ ।

बागलुङको बिहुँ निवासी प्रतिनिधि सभाका पूर्व सदस्य तथा काँग्रेसका निष्ठावान् नेता गोविन्द प्रसाद शर्मा कँडेलको निधन भएको १३ दिनको पुण्य तिथिमा आज नेपाली काँग्रेस बागलुङले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले कँडेल बिपीको पथमा हिडेको उल्लेख गर्नुभयो ।

“सांसद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन, सधैँ जनताको पक्षमा वकालत गर्दै हिँड्नुभयो उहाँको निष्ठा बिपीसँग मिल्छ” देउवाले भन्नुभयो “देश र राष्ट्रका लागि उहाँको योगदान अतुलनीय छ, नेपाली राजनीतिमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिने छ, उहाँको मार्गलाई अन्य काँग्रेसका नेता तथा कार्यकर्ताले पछ्याउन आवश्यक छ ।”

देउवाले राजनीतिमा इमान र प्रतिष्ठा कमाउनुभएको गोविन्द कँडेलको निधनले नेपाली काँग्रेसलाई ठुलो क्षति पुर्‍याएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्द प्रसाद शर्मा कँडेलको असार १५ गते आइतबार निधन भएको थियो । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारी गर्दै गर्दा निधन भएको थियो ।

कार्यक्रममा नेता कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशी  , रामहरि खतिवडा लगायतले पनि कँडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं। १ मा नेपाली काँग्रेसका तर्फबाट विजयी कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमानदार नेताका रूपमा परिचित हुनहुन्थ्यो । बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली काँग्रेस बागलुङका पूर्व सभापति हुनुहुन्छ । २०४६ सालको आन्दोलनका क्रममा जेल परेका कँडेल बहुदल पछि पार्टी सभापति र सांसद बन्नु भएको थियो । १९९५ साल पुस १० गते काठे खोला गाउँपालिका वडा नं। ६ बिहुँकोटमा जन्मनु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार