असार २८, २०८२ शनिबार July 12, 2025

अमलेखगञ्ज डिपोका १६ जना कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो र मातहतका १६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज क्षेत्रीय डिपोमा कार्यरत चालकसहित १६ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये अधिकांश प्रशासन र निगममा सरसफाई गर्ने कर्मचारी छन् ।

निगम तथा मातहतका ८१ जनाको स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा गरिएको पीसीआर परिक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ आएको उनले बताए ।

संक्रमण पुष्टि भएपछि निगमले आफना संक्रमित कर्मचारीलाई पायक पर्ने स्थानीय होटलको आइसाेलेसनमा आइसाेलेट गरिएको छ । संक्रमित कर्मचारीको सम्पूर्ण खर्च निगमले ब्यहाेर्नेसमेत बताइएको छ ।

प्रजिअ पण्डितका अनुसार संक्रमणपछि अमलेखगञ्ज र विरगन्ज कार्यालय ७२ घण्टाका लागि सिल गरिएको छ । संक्रमण पुष्टि भएपश्चात समेत इन्धन अभाव हुन नदिन डिपो सञ्चालनका काठमाडौंबाट कर्मचारी आउन लागेको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया